logo
२०८१ मंसिर १० सोमवार



जोइ रुटको कीर्तिमानको चाङमा इंग्ल्याण्ड बलियो

खेलकुद |


जोइ रुटको कीर्तिमानको चाङमा इंग्ल्याण्ड बलियो
तस्विर–फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २४ गते । कप्तान जोइ रुटले दोहोरा शतक लगाएपछि भारत विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा इंग्ल्याण्ड विशाल योगफल तर्फ अग्रसर भएको छ । दोस्रो दिनको खेल सकिदासम्म उसले आठ विकेटको क्षतिमा ५५५ रनको योगफल तयार गरेको छ । डोम बेस्स २८ तथा ज्याक लिच छ रन बनाएर तेस्रो दिनको खेल अगाडि बढाउनुहुनेछ ।
इंग्ल्याण्डका लागि कप्तान जोइ रुटले शहबाज नदीमको एलबीडब्ल्युको धरापमा पर्नुअघि २१८ रनको योगदान दिनुभयो । उहाँले डम सिब्लीसँग तेस्रो विकेटका लागि दुई सय र बेन्न स्टोक्ससँग चौथो विकेटका लागि शतकीय साझेदारी गर्नुभयो । सिब्लीले ८७ तथा स्टोक्सले ८२ रनको योगदान दिनुभयो । मध्यक्रममा ओली पोप ३४, डोम बेस्सले २८ रनको ब्यक्तिगत् योगफल तयार गरेर पेभेलियन फर्किनुभयो ।
जोइ रुटले आफ्नो टेष्ट क्रिकेट जिवनको पाँचौं दोहोरा शतक लगाउनुभयो । भारत विरुद्ध उहाँको पहिलो दोहोरा शतक हो । दोस्रो दिनको खेल १२८ रनको ब्यक्तिगत् योगफलबाट अगाडि बढाउनुभएको रुट थप ९० रन जोड्दै दोहोरा शतक लगाएर २१८ रनमा पेभेलियन फर्किनुभयो । टेष्ट क्रिकेटमा यो उहाँको २० औं शतक हो ।
सन् २०१४ मा उहाँले श्रीलङ्का विरुद्ध २०० रनमा अविजित रहेर पहिलो पटक दोहोरा शतक लगाउनुभयो । आफ्नो १०० औं टेष्टमा शतक पुरा गर्नुहुने उहाँ दोस्रो क्रिकेटर बन्नुभएको छ ।
इंग्ल्याण्डका लागि पाँचौं दोहोरा शतक पुरा गर्नुहुने उहाँ पाँचौं ब्याट्सम्यान हुनुहुन्छ । उहाँले अलेष्टर कुकको कीर्तिमानको बराबरी गर्नुभयो । इंग्ल्याण्डका लागि वाली हयामोन्डले सात पटक दोहोरा शतक लगाउनुभएको छ । रुटले भारतका राहुल द्रवीड र दक्षिण अफ्रिकाका ग्राहम स्मिथले पाँच दोहोरा शतकको कीर्तिमानको बराबरी समेत गर्नुभएको छ ।
जोफ्रा आर्चरलाई इशान्त शर्माले डक आउट गर्नुभयो ।
भारतका लागि इशान्त शर्मा, जसप्रित बुमराह, रबिचन्द्रन आश्विन र शहबाज नदीमले सामान दुई दुई विकेट लिनुभ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?