गोरखापत्र अनलाइन
काठमाडौं, माघ २६ गते । म्यान्चेष्टर सिटीले लिभरपुललाई हराएको छ । प्रिमियर लिगको उपाधिका दाबेदार सिटीले साबिक विजेता लिभरपुललाई ४–१ को विशाल अन्तरले हराएको हो ।
एनफिल्डमा गए राति सम्पन्न खेलमा पहिलो पटक पेनाल्टीलाई गोलमा परिणत गर्न चुकेका इल्के गुन्डोगनले ४९ औं मिनेटमा गोल गरेर सिटीलाई १–० को अग्रता दिलाउँदै भूल सुधार गर्नुभयो । ६३ औं मिनेटमा मोहम्मद सलहले लिभरपुलका लागि बराबरी गोल फर्काउनुभयो । सलहले पेनाल्टीलाई गोलमा परिणत गर्नुभयो ।
७३ औं मिनेटमा गुन्डोगनले फोडेनले तयार गरेको बललाई गोलको दिशा दिँदा म्यान्चेष्टर सिटी २–१ को अग्रता लियो । ७६ औं मिनेटमा पौल स्टर्लिङगले अग्रतालाई तेब्बर पार्नुभयो । ८३ औं मिनेटमा फोडेनले गर्नुभएको गोल लिभरपुलमाथि म्यान्चेष्टर सिटीको ४–१ को जितका लागि पर्याप्त हुन गयो ।
जितसँगै म्यान्चेष्टर सिटी साबिक विजेता लिभरपुलसँग दश अङ्कको स्पष्ट अग्रता लिएको छ । सिटीले २२ खेलबाट ५० अङ्क जोडेको छ । दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेडले २३ खेलबाट ४५ अङ्क आर्जन गरेको छ ।