अमरराज नहर्की
तनहुँ, माघ २६ गते । दमौलीमा तेस्रो व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आगामी फागुन ६ गते देखि ८ गते सम्म व्यास नगर व्याडमिन्टन क्लबको आयोजनामा हुने भएको हो ।
श्रेणी ए, बि, र सी र महिला जोडी बीच चार प्रकारको प्रतियोगिता गर्ने निर्णय भएको क्लब सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ए र बी श्रेणीका खेलाडीको लागि प्रथम, द्धितीयका लागि क्रमशः ३० हजार, २० हजार र सान्त्वना दुई टिमको ६÷६ हजार रुपियाँ पुरस्कार मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष गुरुङका अनुसार सी लेभलका लागि प्रथम, द्धितिय र सान्त्वनाको लागि क्रमम ः १५ हजार, १० हजार र ४÷४ हजारको पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको लागि दुइ लाख ६७ हजार ३०० रुपियाँ खर्च लाग्ने अनुमान गरिएको क्लबले जनाएको छ ।