गोरखापत्र अनलाइन
काठमाडौं, माघ २७ गते । बङ्गलादेशका अलराउन्डर शकीब अल हसन वेष्टइन्डिज विरुद्धको दोस्रो टेष्ट खेलबाट बाहिरिनुभएको छ । दोस्रो टेष्ट खेल बिहीबारदेखि ढाकामा हुँदैछ ।
चित्तगाउँमा पहिलो टेष्ट खेलको क्रममा तिघ्रामा चोट लागेर घाइते हुन पुग्नुभएका शकीब खेलको दोस्रो दिनपछि मैदानबाहिर रहनुभयो । बङ्गलादेश क्रिकेट बोर्डले एक वक्तब्य जारी गरी शकीबको स्वास्थ्यलाई लिएर टोलि गम्भिर रहेको र दोस्रो टेष्टका लागि उहाँ उपलब्ध नहुने सुनिश्चित भएको जनाएको छ । वेष्टइन्डिज विरुद्धको पहिलो टेष्टको दोस्रो दिन आफ्नै बलिङ्गको क्रममा बललाई खुट्टाले रोक्न खोज्दा शकीब अल हसन लड्न पुगेर घाइते हुन पुग्नुभयो ।
पहिलो पारीमा १७१ रनको अग्रताका बावजूद बङ्गलादेश वेष्टइन्डिजसँग तीन विकेटको हार बेहोर्न बाध्य भयो । वेष्टइन्डिजका कायल मेयर्सले दोहोरा शतक लगाएपछि पाहुना टोलL बलियो स्थितिमा पुग्न सफल भएको थियो ।