logo
२०८१ मंसिर १० सोमवार



एपीएफको अपराजित यात्रा जारी

खेलकुद |


एपीएफको अपराजित यात्रा जारी
तस्विर-एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २८ गते । सशस्त्र प्रहरी बल(एपीएफ)ले राष्ट्रिय महिला लिगमा लगातार आठौं जित हात पारेको छ । लिगमा अपराजित यात्रा जारी राख्ने क्रममा एपीएफले चन्द्रपुरमाथि ८–० को जित हात पारेको छ ।
राष्ट्रिय महिला लिगको दोस्रो चरण अन्तगर्त आज सम्पन्न खेलमा एपीएफका लागि सबित्रा भण्डारीले सर्वाधिक छ गोल गर्नुभयो । अनिता बस्नेतले दुई गोल गर्नुभयो । कप्तान अनिता बस्नेतले खेल सुरु भएको पहिलो मिनेटमा नै गोल गर्दै एपीएफलाई १–० को अग्रता दिलाउनुभयो । सबित्रा भण्डारीले छैठौं मिनेटमा गोल गरेर उक्त अग्रतालाई दोब्बर पार्नुभयो । सबित्राले ३२ औं मिनेटमा थप एक गोल गरेर पहिलो हाफमा एपीएफको अग्रतालाई ३–० बनाउनुभयो ।
दोस्रो हाफमा एपीएफका लागि सबित्राले थप चार गोल गर्दा कप्तान बस्नेतले एक गोल गर्नुभयो ।
जितसँगै एपीएफले अङ्कतालिकामा आफ्नो अङ्कदूरीलाई थप फराकिलो बनाएको छ । दोस्रो स्थानको त्रिभुवन आर्मीभन्दा एपीएफले पाँच अङ्कको अग्रता लिएको छ ।
चन्द्रपुर भने आठ खेलबाट छ अङ्क बटुलेको छ । ऊ अङ्क तालिकाको छैठौं स्थानमा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?