गोरखापत्र अनलाइन
काठमाडौं, माघ ३० गते । बेयर्न म्युनिकले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । बेयर्न म्युनिकले फिफा क्लब विश्वकपको उपाधि जितेपछि पछिल्लो नौ महिनामा उसले छैठौं उपाधि हात पारेको हो । बेर्यनले यूइएफए सुपर कप, जर्मन सुपर कप र अब क्लब विश्वकपको उपाधि हात पार्न सफल भएको छ ।
उपाधिको लागि भएको होडमा उसले टिग्रेसलाई हराएको हो । कतारमा गएराति सम्पन्न खेलमा उसले टिग्रेसमाथि १–० को जित हात पार्यो । बेञ्जामिन पर्भाडले गर्नुभएको एक मात्र गोल बेयर्नलाई उपाधि दिलाउन पर्याप्त भयो । पर्भाडले ५९ औं मिनेटमा गोल गर्नुभयो । सुरुमा रोबर्ट लेवान्डोस्कीले गर्दा गोललाई अफसाइड घोषणा गरियो । तर भिडियो रिभ्युको आधारमा पछि गोल करार गरियो ।
यूरोपेली क्लबले फिफा विश्वकप उचालेको यो लगातार आठौं अबसर हो । पछिल्लो संस्करणको फिफा क्लब विश्वकपको उपाधि लिभरपुलले उचालेको थियो ।
उत्तरी वा मध्य अमेरिकाबाट फिफा क्लब विश्वकप पुग्ने मेक्सिकोको टिग्रेस पहिलो क्लब हो । तेस्रो स्थानका लागि भएको खेलमा अल अहलीले पल्माइरालाई हरायो ।