logo
२०८१ मंसिर १० सोमवार



नेपाल, ओमान र अमेरिकाबीचको श्रृखंला स्थगित

खेलकुद |


नेपाल, ओमान र अमेरिकाबीचको श्रृखंला स्थगित
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ३० गते । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय श्रृखंला स्थगित भएको छ । उक्त श्रृखंला आगामी मार्च महिनामा ओमानका लागि निर्धारित थियो ।
नेपाल क्रिकेट संघ(क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको निर्णय बमोजिम उक्त श्रृखंला स्थगित भएको जनाएको छ । क्यानका सचिब अशोकनाथ प्याकुरेलले आइसीसीले जारी गरेको सन्देशको आधारमा श्रृखंला स्थगित भएको जानकारी दिनुभएको छ । आइसीसीले कोभिड १९ को बढ्दो प्रभाव, लामो क्वारेन्टिन प्रावधान र विभिन्न देशहरु बीच यात्रा प्रतिबन्धका कारणले श्रृखंलाहरु स्थगित गरिएको उल्लेख गरेको छ ।
नेपालले ओमानमा हुने विश्वकप क्रिकेट लिग डिभिजन २ खेल्न बन्द प्रशिक्षण समेत सुरु गरिसकेको थियो । तयारी तीब्र रुपमा अगाडि बढिरहँदा श्रृखंला स्थगित हुन पुगेको हो । यसअघि कतारमा फेब्रुअरी नौ देखि १२ सम्मका लागि निर्धारित तीन म्याचको मैत्रीपूर्ण टी ट्वान्टी श्रृखंला समेत कोभिड प्रभाबकै कारण स्थगित हुन पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?