गोरखापत्र अनलाइन
काठमाडौं, माघ ३० गते । पाकिस्तानले दक्षिण अफ्रिका विरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय जितेको छ । पहिलो टी ट्वान्टीमा जितसँगै पाकिस्तानले तीन म्याचको श्रृखंलामा १–० को अग्रता लिएको छ ।
पाकिस्तानले प्रस्तुत गरेको १७० रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले पूरा २० ओभर खेले पनि छ विकेटको क्षतिमा मात्र १६६ रन जोडेपछि उसले तीन रनको हार बेहोरेको हो । औसत लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले उत्कृष्ट सुरुवात गर्दै सात ओभरमा ५३ रन जोडेर मात्र एक विकेट गुमाएको थियो । तर त्यसपछिका ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि ऊ हार बेहोर्न बाध्य भयो । दक्षिण अफ्रिकाका लागि जानेमन मलानले ४४ तथा रीजा हेन्ड्रीक्सले ५४ रनको ब्यक्तिगत् योगफलमा रन आउट हुनुभयो ।
पाकिस्तानका लागि हरिश रौफ, उसमान कादिरले सामान दुई दुई तथा फहीम अशरफले एक विकेट लिनुभयो ।
त्यसअघि, लाहौरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको घरेलु टोलिले ओपनर मोहम्मद रिजवानको शतकीय पारीको सहयोगमा छ विकेटको क्षतिमा १६९ रनको औसत योगफल तयार गर्यो । उसको पारीमा हैदर अलिले २१ रनको योगदान दिनुभयो ।
दक्षिण अफ्रिकाका लागि एन्डाइल फेलुक्वायोले सर्वाधिक दुई तथा जोर्न फोर्टियम, लुथो सिपाम्ला र तबरैज शम्सीले सामान एक एक विकेट लिनुभयो । रिजवान प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।