गोरखापत्र अनलाइन
काठमाडौं, माघ ३० गते । नेपाल पुलिसले राष्ट्रिय महिला लिगको अन्तिम तीनमा पर्ने सम्भाबना जिवितै राखेको छ । लिगको दोस्रो चरणको दशौं खेलमा नेपाल पुलिसले चन्द्रपुरलाई हराएर अन्तिम तीनमा पर्ने सम्भाबना जिवितै राखेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा नेपाल पुलिसले चन्द्रपुरलाई ३–० ले हराएको हो । नेपाल पुलिस र वालिङ्गको सामान २३ अङ्क छ । तर वालिङ्ग हेड टु हेड अन्तरको आधारमा ऊ नेपाल पुलिसभन्दा माथि छ । नेपाल पुलिसको जितमा सृजना खड्काले सातौं मिनेटमा गोल गरेर १–० को अग्रता लियो । निर्मला विकले ५४ औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाउनुभयो । रेखा पौडेलले खेल सकिन पाँच मिनेट बाँकी छँदा तेस्रो गोल गरेर नेपाल पुलिसको चन्द्रपुरमाथि ३–० को जित सुनिश्चित गर्नुभयो ।
रौतहटको चन्द्रपुर भने अङ्कतालिकाको छैठौं स्थानमा छ ।