logo
२०८१ मंसिर १० सोमवार



पहिलो चरणको बन्द प्रशिक्षण सकियो

खेलकुद |


पहिलो चरणको बन्द प्रशिक्षण सकियो
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १ गते । नेपाली क्रिकेटरहरुको पहिलो चरणको बन्द प्रशिक्षण सकिएको छ । माघ २४ गतेदेखि सुरु भएको बन्द प्रशिक्षणमा २१ खेलाडी सहभागी थिए ।
अष्ट्रेलियाली प्रशिक्षक डेभ व्हाटमरको प्रशिक्षणमा पहिलो पटक नेपाली टोलि बन्द प्रशिक्षणमा सहभागी भएका छन् । नेपाल क्रिकेट संघले अन्तर्राष्ट्रिय स्पर्धा तथा आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ को तयारी स्वरुप माघ २४ गतेबाट बन्द प्रशिक्षण सुरु गरेको थियो । सुरुमा केही पुराना अनुहार तथा पहिलो पटक बोलाइएका गरी २१ जना खेलाडीलाई पहिलो चरणमा बन्द प्रशिक्षणका लागि बोलाइएको थियो ।
अनुभवी र पुराना तथा पहिलो चरणमा सफल भएका खेलाडीलाई समावेश गर्ने गरी दोस्रो चरणको प्रशिक्षण सुरु हुनेछ । यद्दपी लिग डिभिजन २ को त्रिकोणात्मक श्रृखंला स्थगित भएको अवस्थामा दोस्रो चरणको प्रशिक्षण तात्काल सुरु हुने÷नहुने सम्बन्धमा अन्यौलता छ ।
पहिलो चरणको प्रशिक्षणमा पृथु बाँस्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम, सन्दीप जोरा सहभागी थिए । त्यसैगरी, कमलसिंह ऐरी, आसिफ शेष, सुनिल धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरिशंकर साह, विवेक यादब समेत पहिलो चरणको प्रशिक्षणमा सहभागी भए । रामनरेश गिरी, अर्जून कुमाल, कृष्ण कार्की, खड्गबहादुर बोहरा, अनुज चुनारा र पवन सर्राफलाई समेत पहिलो चरणको प्रशिक्षणका लागि बोलाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?