logo
२०८१ मंसिर १० सोमवार



रोहित शर्माको शतकमा भारतको सम्हालिएको प्रदर्शन

खेलकुद |


रोहित शर्माको शतकमा भारतको सम्हालिएको प्रदर्शन
तस्विर-बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १ गते । इंग्ल्याण्ड विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा भारतले सम्हालिएको प्रदर्शन गरेको छ । उसले दिनको खेल सकिदासम्म ८८ ओभरमा छ विकेटको क्षतिमा तीन सय रन जोडेको छ । दोस्रो दिनको खेल ऋषभ पन्तले ३३ र अक्षर पटेलले पाँच रनको ब्यक्तिगत् योगफलबाट अगाडि बढाउनुहुनेछ ।
चेन्नईमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको घरेलु टोलिले ८६ रनमै तीन प्रमुख ब्याट्सम्यान गुमाएपछि दबाबमा आएको थियो । तर ओपनर रोहित शर्माले तेज शतक लगाएपछि उसको पारी उकासिएको थियो । शुभमन गिल डक आउन हुन पुग्दा भारतले खाता खोल्न सकेको थिएन । चेतेश्वर पूजारा २२ र कप्तान विराट कोहली समेत डक आउट हुन पुग्नुभयो । रोहितले चौथो विकेटका लागि अजिन्क्यै रहानेसँग १६६ रनको साझेदारी गर्नुभयो । रोहित शर्मा २३१ बलमा १८ चौका र दुई छक्काको सहयोगमा १६१ रनको पारी खेलेर ज्याक लिचको बलमा मोइन अलिलाई क्याच थमाउनुभयो । रहाने ६७ रन बनाएर मोइन अलिको बलमा बोल्ड हुन पुग्नुभयो ।
इंग्ल्याण्डका लागि ज्याक लिच र मोइन अलिले सामान दुई दुई तथा ओली स्टोन र जोइ रुटले एक एक विकेट लिनुभयो । चार म्याचको टेष्ट श्रृखंलामा इंग्ल्याण्ड १–० ले अगाडि छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?