logo
२०८१ मंसिर १० सोमवार



मेस्सीको दुई गोलमा आल्भ्समाथि जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो

खेलकुद |


मेस्सीको दुई गोलमा आल्भ्समाथि जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन २ गते । बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । आल्भ्सलाई हराएर ऊ रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थानमा उक्लेको छ ।
शीर्ष स्थानको एटलेटिको मड्रिडको ५४ अङ्क छ । एटलेटिकोभन्दा एक खेल बढी खेलेको बार्सिलोनाले २२ खेलबाट ४६ अङ्क बटुलेको छ । रियल मड्रिडको सामान २२ खेलबाट ४६ अङ्क छ ।
गए राति अबेर सम्पन्न खेलमा लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिनाकोले दोहोरो गोल गरेपछि बार्सिलोनाले आल्भ्सलाई हराउन सफल भयो । बार्सिलोनाले आल्भ्समाथि ५–१ को फराकिलो अन्तरको जित हात पारेको हो ।
फ्रान्सिस्को ट्रिनाकोले इलैक्स मोरिबाको पासलाई गोलमा परिणत गर्दै बार्सिलोनालाई २९ औं मिनेटमा १–० को अग्रता दिलाउनुभयो । पहिलो हाफको अतिरिक्त समयमा लियोनल मेस्सीले गोल थप्दा हाफटाइमसम्म बार्सिलोनाले २–० को अग्रता कायम गर्यो ।
५७ औं मिनेटमा लुईस रिओजाले गोल गर्दा आल्भ्स खेलमा फर्किने आशा जागृत हुन पुग्यो । तर मेस्सीको प्रहार विफल भएपछि ट्रिनाकोले ७४ औं मिनेटमा थप गोल गर्दा बार्सिलोनाले ३–१ को अग्रता बनायो । एक मिनेट नबित्दै मेस्सीले आफ्नो दोस्रो गोल पुरा गर्दै बार्सिलोनाले खेल ४–१ को स्थितिमा लग्यो । जुनियर फिर्पोले ८० औं मिनेटमा गोल थप्दा बार्सिलोनाले आल्भ्समाथि ५–१ को जित सुनिश्चित गर्यो ।
३३ वर्षीय मेस्सी ला लिगाका लागि ५०५ औं खेलमा सहभागी हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?