गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन २ गते । इंग्लिश प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो हार बेहोरेको छ । पछिल्लो सात खेलमा उसको पाँचौं हार हो । प्रिमियर लिग अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा लिभरपुलले लेस्टर सिटीसँग ३–१ को हार बेहोरेको हो ।
निर्धारित ९० मिनेटको खेल सकिनुभन्दा १२ मिनेट अघिसम्म १–० ले अगाडि रहेको लिभरपुल अन्तिम समयमा चुक्दा लेस्टरबाट ३–१ को हार बेहोर्न बाध्य भयो । ऊ अङ्क तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानको म्यान्चेष्टर सिटीभन्दा ऊ १३ अङ्कले पछाडि परेको छ । लिभरपुलले अब एक खेल मात्रै खेल्न बाँकी छ ।
हारपछि लिभरपुलका प्रशिक्षक जर्गन क्लपले भन्नुभयो, “अङ्क दूरी कम गर्न सक्ने सम्भाबना अब देख्दिन, हामीलाई अब उपाधिको चिन्ता छैन् ।”
गत सिजनमा अहिलेको अवस्थामा ऊ २४ अङ्क बढी जोडेको थियो । तर खेलाडीहरु घाइते भएपछि ऊ पुरानो लयमा फर्किन सकेको छैन् । डिफेन्डर भर्जिल भान डाइक गत् अक्टोबर महिनादेखि नै खेल मैदानबाट बाहिर हुनुहुन्छ । इंग्ल्याण्डका जोइ गोमेज, जोएल माटिप पनि घाइते भएर बाहिर हुनुहुन्छ ।