गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ३ गते । जितका लागि आवश्यक २३१ रन ल्याउन नसक्दा बङ्गलादेशले घरेलु मैदानमा वेष्टइन्डिज विरुद्धको दोस्रो टेष्टमा समेत हार बेहोरेको छ । चौथो तथा अन्तिम दिनको खेल सकिन दुई ओभर मात्रै बाँकी रहँदा बङ्गलादेशले ६१ ओभर ३ बलमा मात्र २१३ रनमा समेटिन पुग्दा १७ रनले हार बेहोरेको छ । जितसँगै वेष्टइन्डिजले दुई म्याचको श्रृखंलाको दुबै खेल जित्दै आईसीसी विश्व टेष्ट च्याम्पियनशीपमा ६० अङ्क जोडेको छ।
बङ्गलादेशका लागि ओपनर तामीम इकबालको ५० र मोमीनुल हकको २६ तथा मेहेदी हसन मिराजको ३१ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । बङ्गलादेशलाई लक्ष्यभन्दा १७ रन टाढै समेट्न वेष्टइन्डिजका रखिम कोर्नवालले सर्वाधिक चार तथा जोमेल वरिकन र क्रैग बर्थवैटले सामान तीन तीन विकेट लिनुभयो ।
त्यसअघि, मीरपुरमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको वेष्टइन्डिजले पहिलो पारीमा ४०९ रनको औसत योगफल तयार गर्यो । वेष्टइन्डिजका लागि क्रूमा बोन्नरले ९०, जोशुआ डी सिल्भाले ९२ र अल्जारी जोसेफले ८२ रनको योगदान दिनुभयो ।
बङ्गलादेशका लागि अबु जाएद र तैजुल इस्लामले सामान चार चार तथा मेहेदी हसन मिराज र सौम्य सरकारले एक एक विकेट लिनुभयो ।
जवाबमा बङ्गलादेशले पहिलो पारीमा २९६ रन मात्रै जोड्न सक्यो । ओपनर तामीम इकबालले ४४ तथा मुश्फीक्र रहिमले ५४ र विकेटकीपर लिटोन दासले ७१ रनको पारी खेल्नुभयो । वेष्टइन्डिजका लागि रखिम कोर्नवालले सर्वाधिक पाँच, शैनोन गेब्रेलले तीन र अल्जारी जोसेफले दुई विकेट लिनुभयो ।
जवाबमा वेष्टइन्डिजले दोस्रो पारीमा मात्र ११७ रनमा समेटिएपनि बङ्गलादेशले २३१ रनको लक्ष्य पायो ।
रखिम कोर्नवाल प्लेयर अफ द् म्याच र क्रूमाह बोन्नर प्लेयर अफ द् सेरिज घोषित हुनुभयो । बोन्नरले दोस्रो टेष्टको पहिलो पारीमा ९० र दोस्रो पारीमा ३८ रनको योगदान दिदा कोर्नवालले पहिलो पारीमा चार र दोस्रो पारीमा पाँच विकेट लिनुभयो ।