logo
२०८१ मंसिर १० सोमवार



पाकिस्तानले दक्षिण अफ्रिका विरुद्धको ट्रफीहरु ‘क्लिन स्वीप’ गर्यो

खेलकुद |


पाकिस्तानले दक्षिण अफ्रिका विरुद्धको  ट्रफीहरु ‘क्लिन स्वीप’ गर्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ३ गते । तेस्रो, अन्तिम तथा निर्णायक टी ट्वान्टी खेल चार विकेटले जित्दै पाकिस्तानले दक्षिण अफ्रिका विरुद्धको टेष्ट र टी ट्वान्टी श्रृखंलाको ट्रफी क्लिन स्वीप गरेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पाकिस्तानले खेल सकिन आठ बल बाँकी छँदै छ विकेटको क्षतिमा १६९ रन बनाएर पुरा गर्यो ।
पाकिस्तानको जितमा मोहम्मद नवाजले १८ र हसन अलिले २० रन बनाएर अविजित रहनुभयो । ओपनर मोहम्मद रिजवानले ४२ तथा कप्तान बाबर आजमले ४४ रनको पारी खेल्दा उसले जितको आधार तयार पार्यो ।
दक्षिण अफ्रिकाका लागि तबरैज शम्सीले सर्वाधिक चार तथा जोर्न फोर्टियम र ड्वायन प्रिटोरियसले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, लाहौरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको दक्षिण अफ्रिकाले कमजोर सुरुवात गर्दै ६५ रनमै सात विकेट गुमाउन पुग्यो । तर देविड मिलरले मात्र ४५ बलमा पाँच चौका र सात छक्का लगाएर ८५ रनको योगदान दिएपछि उसले औसत योगफलसम्म पुग्न सकेको थियो । मिलर ८५ रनमा अविजित रहँदा दक्षिण अफ्रिकाले आठ विकेटको क्षतिमा १६४ रनको योगफल तयार गर्यो ।
पाकिस्तानका लागि जाहिद महमूदले सर्वाधिक तीन तथा मोहम्मद नवाज र हसन अलिले दुई दुई र उसमान कादिरले एक विकेट लिनुभयो । मोहम्मद नवाज प्लेयर अफ द् म्याच र मोहम्मद रिजवान प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?