logo
२०८१ मंसिर १० सोमवार



आईपीएल खेल्न इंग्ल्याण्डका खेलाडीले न्युजिल्याण्ड विरुद्धको टेष्ट गुमाउन सक्ने

खेलकुद |


आईपीएल खेल्न इंग्ल्याण्डका खेलाडीले न्युजिल्याण्ड विरुद्धको टेष्ट गुमाउन सक्ने
तस्विर–क्रिकइन्फो


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ५ गते । इंग्ल्याण्डका क्रिकेटरहरु बेन्न स्टोक्स, जोफ्रा आर्चर र जोस बटलरले न्युजिल्याण्ड विरुद्धको दुई म्याचको टेष्ट श्रृखंला गुमाउने सम्भावना बढेको छ । आगामी जुन महिनामा इंग्ल्याण्डले न्युजिल्याण्डको भ्रमण गर्नेछ । आईपीएलको आगामी संस्करण जुन महिनामै हुने तय भएको छ ।
आईपीएलमा तीनै जना राजस्थान रोयलका प्रमुख खेलाडी हुन् । तीनै जना इंग्ल्याण्ड टेष्ट टोलीका प्रमुख खेलाडी हुन् । आईपीएलमै इंग्ल्याण्डका क्रिस वक्स देल्ही क्यापिटल्स, साम कर्रन चेन्नई सुपर किंग्स र जोनी बैरिष्टो सनराइजर्स हैदराबादको प्रतिनिधित्व गर्नुभएको छ ।
इन्डियन प्रिमियर लिगको आगामी संस्करणको तिथि र भेन्यु अझै घोषणा भइसकेको छैन् ।  अप्रिल १० देखि जुन पहिलो सातासम्म हुने सम्भावना  छ । इंग्ल्याण्डले उक्त अवधिमै जुन २ देखि १४ सम्म न्युजिल्याण्डविरुद्ध दुई म्याचको टेष्ट श्रृखंला खेल्नेछन् । उक्त समय आईपीएलको नक आउट चरण पर्ने भएकोले प्रमुख खेलाडीहरु न्युजिल्याण्डविरुद्धको टेष्ट खेल्ने वा लिगमा सहभागी हुने अन्याेल रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?