गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ५ गते । जिम्बाबवेले अफगानिस्तान विरुद्धको टेष्ट श्रृखंलाका लागि टोलिको घोषणा गरेको छ । टोलिमा अनुभवी ब्याट्सम्यान ब्रेन्डन टेलर र क्रेग अर्बाइन हुनुहुन्न ।
जिम्बाबवेले अबुधाबीमा २ मार्चमा सुरु हुने गरी दुई म्याचको टेष्ट श्रृखंला खेल्नेछन् । टेलर र अर्बाइनले प्रतिकूल स्वास्थ्य स्थिति देखाएर भ्रमणमा सहभागी नहुने बताएपछि दुबैजनालाई आराम दिइएको छ । टर्सै मुस्कान्डाले भने पुनरागमन गर्नुभएको छ । मध्यक्रमका ब्याट्सम्यान रयान बर्लले समेत टोलिमा स्थान बनाउनुभएको छ । उहाँले सन् २०१७ मा दक्षिण अफ्रिका विरुद्ध एक मात्र टेष्ट खेल्नुभएको छ ।
टेलर र अर्बाइन बाहेक टेन्डै चटारा, चामु चिबाबा र पिटर मूर समेत टोलिमा अटाउनु भएन । अनुभबी कप्तान सीन विलियम्स, विकेटकीपर रेगिस चकाब्भा र अलराउन्डर सिकन्दर राजा, ब्लेसिंग मुजराबानी, ब्रान्डन मभुटा टोलिमा हुनुहुन्छ । वेस्ली मधभेरे भने पहिलो पटक टेष्ट टोलिमा बोलाइएका छन् ।
टोलिका अन्य सदस्यहरुमा केभिन कसुजा, वेलिंग्टन मस्कादजा, प्रिन्स मसभुरे, रिचमण्ड मुटुम्बामी, रिचर्ड नगर्वा, भिक्टर नौची र डोनाल्ड ट्रिपानो हुनुहुन्छ ।
मिल्टोन शुम्बा, फराज अक्रम र टिनाशे कमुन्हुकामवेले तीन खेलको टी ट्वान्टी श्रृखंलाका लागि टोलिमा स्थान बनाउनुभएको छ ।