logo
२०८१ मंसिर १० सोमवार



लगातार १२ औं जितपछि म्यान्चेष्टर सिटीलाई दश अङ्कको अग्रता

खेलकुद |


लगातार १२ औं जितपछि म्यान्चेष्टर सिटीलाई दश अङ्कको अग्रता
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ६ गते । म्यान्चेष्टर सिटी इंग्लिश प्रिमियर लिगमा दश अङ्कको स्पष्ट अग्रता कायम गरेको छ ।  लिग अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा सिटीले इभर्टनलाई ३–१ ले हरायो । जितसँगै म्यान्चेष्टर सिटीको उपाधि जित्ने अभियान सहज बन्दै गएको छ ।
पहिलो हाफ १–१ को बराबरीमा सम्पन्न भए पनि म्यान्चेष्टर सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दै इभर्टनमाथि सहज जित हात पार्यो । फिल फोडेनले ३२ औं मिनेटमा गोल गर्दै म्यान्चेष्टर सिटीलाई १–० को अग्रता दिलाउनुभयो । तर सिटीले उक्त अग्रता लामो समयसम्म जोगाउन सकेनन । ३७ औं मिनेटमा रिचर्लिसनले बराबरी गोल फर्काउँदै खेल १–१ को स्थितिमा ल्याउनुभयो ।
रियाद महरेजले १८ गज बाहिरबाट गर्नुभएको प्रहार गोलको दिशा लिएपछि सिटीले पुनः अग्रता कायम गर्यो । ७७ औं मिनेटमा बर्नाडो सिल्भाले पिकफोर्डलाई छिचोल्दै गर्नुभएको प्रहार गोलमा परिणत भएपछि सिटीले इभर्टनमाथि ३–१ को जित सुनिश्चित गर्यो ।
सिटीले २४ खेलबाट ५६ अङ्क जोड्दै अङ्कतालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेड र तेस्रो स्थानको लेष्टरको सामाने ४६ अङ्क छ । चेल्सी र वेष्टहमले सामान ४२ अङ्क जोडेर चौथो र पाँचौं स्थानमा हुँदा लिभरपुर छैठौं स्थानमा झरेको छ ।
गत् डिसेम्बर महिनामा एकपछि अर्को खेलाडी कोरोना सङ्क्रमित भएपछि म्यान्चेष्टर सिटीको खेल स्थगित गर्नुपरेको थियो । डिसेम्बर अन्तिम साता सिटी तत्काल शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा छ अङ्क कम हुँदा ताकिलाको छैठौं स्थानमा थियो । तर अब भने सिटीले अङ्क अन्तरलाई दोब्बर बनाउँदै शीर्ष स्थानमा उक्लेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?