logo
२०८१ मंसिर १० सोमवार



ओलम्पिक मन्त्री टोक्यो २०२० का अध्यक्ष नियुक्त

खेलकुद |


ओलम्पिक मन्त्री टोक्यो २०२० का अध्यक्ष नियुक्त
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ६ गते । जापानका सेइको हाशिमोटो टोक्यो २०२० को अध्यक्ष नियुक्त हुनुभएको छ । पूर्व ओलम्पिक मन्त्री आफैं सात पटक ओलम्पिक खेलमा सहभागी हुनुभएको छ । उहाँ साइक्लिङ्ग विधातर्फ ओलम्पिकमा सहभागी हुनुभएको थियो ।
ओलम्प्किका पूर्व प्रमुख योशिरो मोरीको महिलाविरुद्धको टिप्पणीको तीव्र विरोध भएपछि उहाँले गत साता अध्यक्षको पदबाट राजिनामा गर्नुभएको थियो । नवनियुक्त अध्यक्ष हाशिमोटोले आफू ओलम्पिक मन्त्रीको जिम्मेवारीबाट राजिनामा गरेको बिहीबार जानकारी गराउनुभएको थियो । जापानको टोक्योमा ग्रीष्मकालीन ओलम्पिक खेल जुलाई २३ देखि सुरु हुनेछ । कोरोनाभाइरसको महामारीले गर्दा टोक्यो ओलम्पिक एक वर्ष ढिला भइसकेको छ ।
५६ वर्षीया हाशिमोटो ओलम्पिक मन्त्रीसँगै महिला सशक्तीकरण मन्त्रीको रुपमा सन् २०१९ देखि जिम्मेवारीमा हुनुहुन्थ्यो । हाशिमोटोका श्रीमान् प्रहरी अधिकारी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?