गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ७ गते । अफगानिस्तानले जिम्बाबवे विरुद्धको टेष्ट श्रृखंलाका लागि १९ सदस्यीय टोलिको घोषणा गरेको छ । अफगानिस्तान र जिम्बाबवेबीचको दुई खेलको टेष्ट श्रृखंला मार्च २ देखि यूएईमा सुरु हुनेछ ।
अफगानिस्तान टेष्ट टोलिको नेतृत्व अशगर अफगानले गर्नुहुनेछ । राशिद खानपछि उहाँ फेरी टेष्ट टोलिको कप्तान नियुक्त हुनुभएको छ । टेष्ट टोलिमा सात जना नयाँ खेलाडीले स्थान पाउनुभएको छ । अब्दुल मलिक, मुनिर अहमद ककर, शहिदुल्लाह कमाल, बहिर शाह मोहबूब, फजल हक फारुकी, सलीम साफी र जिया ऊर रहमान अकबल अलि नयाँ अनुहारको रुपमा टोलिमा स्थान पाउनुभएको छ ।
साएद अहमद शिरजाद पनि टेष्ट क्रिकेटको अनुभब छैन् । तर मध्यम गतिका बलर शिरजादले दुई अन्तर्राष्ट्रिय एकदिबसीय र चार टी ट्वान्टी म्याच खेल्नुभएको छ । उहाँले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदापर्ण गर्नुभएको थियो ।
टोलिका अन्य सदस्यहरुमा इब्राहिम जर्दन, रहमत शाह, जाभेद अहमदी, अफसर जजै, नासिर जमाल, राशिद खान, अमीर हाम्जा, सलीम साफी, वफादार मोमन्द रहनुभएको छ ।