गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ८ गते । पूर्ब तीब्र गतिका बलर चामिण्डा भास श्रीलङ्का क्रिकेट टोलिको बलिङ्ग प्रशिक्षक नियुक्त हुनुभएको छ । भासले अष्ट्रेलियाका देविड सेकरलाई बिस्थापित गर्नुभएको हो । देविडले बिहीबार ब्यक्तिगत् कारण देखाउँदै पदबाट राजिनामा गर्नुभएको थियो ।
श्रीलङ्काको वेष्टइन्डिज विरुद्धको श्रृखंला उहाँको प्रशिक्षणको पहिलो जिम्मेवारी हुनेछ । चामिण्डा भासले यसअघि सन् २०१३, २०१५ र २०१७ मा समेत अल्पकालका लागि प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएको छ । राष्ट्रिय टोलिको प्रशिक्षकको जिम्मेवारीमा आउने जाने क्रमकै बीच उहाँ श्रीलङ्काको पहिलो श्रेणिको टोलि र १९ वर्ष मुनिको टोलिलाई समेत प्रशिक्षण दिनुभएको छ ।
चामिण्डा भाससँग न्युजिल्याण्ड र आयरल्याण्ड क्रिकेट टोलिलाई समेत प्रशिक्षण दिएको अनुभव छ । चामिण्डा भास श्रीलङ्काको सबैभन्दा सफल तीब्र गतिका बलर हुनुहुन्छ । उहाँले टेष्ट क्रिकेटमा ३५५ र अन्तर्राष्ट्रिय एकदिबसीयमा श्रीलङ्काका लागि चार सय विकेट लिनुभएको छ ।
श्रीलङ्काको वेष्टइन्डिज भ्रमण दुई साताभित्रै सुरु हुनेछ । श्रीलङ्काले वेष्टइन्डिजमा तीन म्याचको टी ट्वान्टी र तीन अन्तर्राष्ट्रिय एकदिबसीय र दुई टेष्ट म्याचको श्रृखंला खेल्नेछ । भ्रमणको पहिलो टी ट्वान्टी मार्च ४ मा सुरु हुनेछ ।