गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ७ गते । जापानकी नाओमी ओसाकाले अष्ट्रेलियन ओपनको महिलातर्फको उपाधि जित्नुभएको छ । पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेकी जेनिफर ब्राडीलाई सोझो सेटमा हराउनुभयो ।
मेलबर्न पार्कमा शनिबार सम्पन्न उपाधिको होडमा ओसाकाले ६–४ ६–३ को सोझो सेटमा जेनिफर ब्राडीलाई हराउनुभयो । २३ वर्षीया नाओमी ओसाकाको यो चौथो ग्रान्ड स्लाम उपाधि हो । सेमीफाइनलमा उहाँले अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्नुभयो ।
अष्ट्रेलियन ओपनको उपाधि उहाँले दोस्रो पटक उचाल्न सफल हुनुभयो ।