गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ९ गते । इन्डियन प्रिमियर लिग(आईपीएल)को गत संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका तीन जना ब्याट्सम्यानले भारतको राष्ट्रिय टोलीमा पहिलो पटक स्थान सुनिश्चित गरेका छन् । मुम्बईका सूर्यकुमार यादव र इशान किसन तथा पञ्जाबका राहुल तेवटिया भारतीय टी ट्वान्टी टोलीमा स्थान पाएका हुन् ।
भारतले इंग्ल्याण्ड विरुद्धको पाँच खेलको टी ट्वान्टीका लागि १९ सदस्यीय टोलिको घोषणा गरेको छ । मार्च १२ देखि पाँच टी ट्वान्टी श्रृखंलाको पहिलो टी ट्वान्टी सुरु हुनेछ । रोहित शर्मा, भुवनेश्वर कुमार, ऋषभ पन्त र बरुण चक्रवर्तीको पुनरागमन भएको छ । अष्ट्रेलियाविरुद्धको टी ट्वान्टी श्रृखंला खेलेका मनिष पाण्डे, सञ्जु साम्सन र मयन्क अग्रवालले भने स्थान पाउनुभएन ।
विराट कोहलीको नेतृत्वमा घोषित टोलिका सदस्यहरुमा करण लोकेश राहुल, शिखर धवन, श्रेयास ऐयर, सूर्यकुमार यादब, हार्दिक पाण्ड्या छन् । त्यसैगरी, इशन किशन, युज्वेन्द्र चाहल, अक्षर पटेल, वाशिंगटन सुन्दर, टी नटराजन, भुवनेश्वर कुमार, दीपक चाहर, नवदीप सैनी र श्रद्धुल ठाकुर छन् ।