logo
२०८१ मंसिर १० सोमवार



बराबरीमा रोकियो बार्सिलोना

खेलकुद |


बराबरीमा रोकियो बार्सिलोना
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १० गते । बार्सिलोना कार्डिजसँग बराबरीमा रोकिएको छ । गए राति अबेर सम्पन्न स्पेनिस ला लिगाको खेलमा बार्सिलोनालाई कार्डिजले १–१ को बराबरीमा रोकेको हो ।
पहिलो हाफमै लियोनल मेस्सीको गोलबाट १–० को अग्रता लिएको बार्सिलोनाले अन्तिम समयमा उक्त अग्रता जोगाउन सकेनन् । मेस्सीले ३२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभयो । कार्डिजका एलेक्स फर्नान्डेजले ८९ औं मिनेटमा पाउनुभएको पेनाल्टीलाई गोलमा परिणत गर्दा बार्सिलोना बराबरीमा रोकिन पुग्यो ।
कार्डिजले बार्सिलोनालाई बराबरीमा रोक्दा स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार सात खेल जितेको श्रृखंला पनि टुट्न पुग्यो । कार्डिजलाई हराएको भए बार्सिलोना शीर्षस्थानको एटलेटिको मड्रिडसँगको अङ्क दूरी कम गर्ने थियो । एटलेटिको २३ खेलबाट ५५ अङ्क बटुल्दा बार्सिलोनाले सामान खेलबाट ४७ अङ्क जोड्दै तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियल मड्रिडको ५२ अङ्क छ । उसले एटलेटिको र बार्सिलोनाभन्दा एक खेल बढी खेलेको छ ।
सोमबार हुने ला लिगाको अर्को खेलमा सेभियाले ओसासुनालाई हराए बार्सिलोना तेस्रो स्थानबाट चिप्लिनेछ । सेभियाले २२ खेलबाट ४५ अङ्क बटुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?