logo
२०८१ मंसिर १० सोमवार



अष्ट्रेलिया ५३ रनले हार्यो

खेलकुद |


अष्ट्रेलिया ५३ रनले हार्यो
तस्विर-एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १० गते । न्युजिल्याण्डले पहिलो टी ट्वान्टी खेलमा अष्ट्रेलियालाई ५३ रनले हराएको छ । पहिलो टी ट्वान्टीमा जितसँगै न्युजिल्याण्डले पाँच खेलको टी ट्वान्टी श्रृखंलामा १–० को अग्रता लिएको छ ।
क्राइष्टचर्चमा न्युजिल्याण्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले १७ ओभर तीन बलमा मात्र १३१ रनमा समेटिन पुग्यो । १९ रनमै चार विकेट गुमाएर कमजोर सुरुवात गरेको अष्ट्रेलियाका लागि मिसेल मार्श र आष्टन एगरले केही संयमित पारी खेले पनि जितभन्दा ऊ ५३ रन टाढा रहन गयो । अष्ट्रेलियाका लागि मिसेल मार्शले सर्वाधिक ४५ रनको योगदान दिएप नि जितका लागि पर्याप्त भएन । उहाँले मात्र ३३ बलमा पाँच चौका र दुई छक्का लगाउनुभयो । पूछारमा आष्टन असगरले दोस्रो सर्वाधिक २३ रन बनाउनुभयो ।
अष्ट्रेलियालाई झिनो योगफलमा सीमित गर्न न्युजिल्याण्डका टिम साउदी र ट्रेन्ट बौल्टले सामान दुई दुई तथा इश सोढीले सर्वाधिक चार विकेट लिनुभयो । कायम जमिन्सन र मिसेल शान्टनरले समान एक एक विकेट लिनुभयो ।
त्यसअघि, टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको घरेलु टोलिले १९ रनमै तीन विकेट गुमाएर दबाबपूर्ण सुरुवात गर्यो । मध्यक्रममा डेभन कोनवेले मात्र ५९ बलमा दश चौका र तीन छक्का लगाएर अविजित रहँदै ९९ रनको पारी खेलेपछि उसले पाँच विकेटको क्षतिमा १८४ रनको उच्च योगफल तयार गर्न सफल भयो । ग्लैन फिलिप्सले ३० र जेम्स निशमले २६ रनको योगदान दिनुभयो ।
अष्ट्रेलियाका लागि डेनियल साम्स र झ्ये रिचर्डसनले समान दुई दुई तथा मार्कस स्टोइनिसले एक विकेट लिनुभयो । कोनवे प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?