logo
२०८१ मंसिर १० सोमवार



खेलपूर्व फुटबल खेलाडीको मुटु परीक्षण गर्ने सम्झौता

खेलकुद |


खेलपूर्व फुटबल खेलाडीको मुटु परीक्षण गर्ने सम्झौता
तस्विर-एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १२ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेल पूर्व फुटबल खेलाडीको मुटु परीक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग गरिएको छ ।
गंगालाल हृदय रोग केन्द्रमा एन्फा र केन्द्रका कार्यकारी निर्देशकबीच भएको सम्झौता बमोजिम खेल पूर्व खेलाडीको मुटुको अवस्था परीक्षण गरिनेछ । एन्फाले उक्त कार्यमा सघाउनेछ । एन्फा एकेड्मी मातहातको सबै उमेर समूहका पुरुष र महिला टोलीका खेलाडीको मुटुको परीक्षण गरिनेछ ।
शहीद गंगालालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले नेपालमा यस प्रकारको सम्झौता पहिलोपटक भएको बताउनुभयो । खेलाडी स्वस्थ रहन मुटुको अवस्था बुझ्न अत्यन्तै महत्वपूर्ण भएको यस प्रकारको सम्झौतालाई प्राथमिकतामा राखेर हस्ताक्षर गरिएको एन्फाले जनाएको छ ।
सम्झौता भएको पहिलो दिनमै २० जना खेलाडीको मुटुको परीक्षण गरिएको छ । दीप कार्की, अजित भण्डारी, देवेन्द्र तामाङ्ग, एरिक विष्ट, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, सूरज विक, आशिष लामालगायतका खेलाडीको मुटु परीक्षण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?