गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १४ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले बागमती प्रदेश फुटबल संघ गठन गरेको छ । गत् महिना सम्पन्न एन्फाको कार्यकारी समितिको बैठकले प्रदेश कमिटि गठन गर्ने निर्णय गरेको थियो ।
मकवानपुरका राजेन्द्र श्रेष्ठको अध्यक्षतामा गठित समितिमा एक जना वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, दुई सचिब, एक एक कोषाध्यक्ष र सह कोषाध्यक्ष तथा नौ जना कार्य समिति सदस्य मनोनित गरिएका छन् । निरज चित्रकार वरिष्ठ उपाध्यक्ष, शहदेव ब्यञ्जनकार, अमृतमान श्रेष्ठ, मनराज गोदार उपाध्यक्षमा मनोनित हुनुभएको हो ।
चितबनका श्रीकृष्ण कार्की कोषाध्यक्षमा र दिवस सागर श्रेष्ठ उप कोषाध्यक्षको जिम्मेवारी पाउनुभएको छ । गाविन्द श्रेष्ठ र दिपेन्द्र ढकाल सचिबमा मनोनित हुनुभएको छ । त्यसैगरी, लक्षु देवकोटा, बाबुराजा श्रेष्ठ, लबराज ठकुरी, सुदीप राजबहक, अजब श्रेष्ठ, बाबुकृष्ण महर्जन, किशोर हेक्का, अनिल शाक्य र जिवन लामा कार्य समिति सदस्यमा मनोनित हुनुभएको छ ।