गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १५ गते । पाकिस्तान सुपर लिग क्रिकेट खेल्न नेपाली लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गर्नुभएको छ । नेपाल क्रिकेट संघका अनुसार उहाँ आजै कतार एयरवेजको उडानबाट कतार हुँदै कराँची पुग्नुहुनेछ ।
पाकिस्तान सुपर लिगमा लामिछानेले लाहौर कलन्दर्सको प्रतिनिधित्व गर्नुहुनेछ । लामिछानेले यसअघि सन् २०१९ को पीएसएलमा समेत सहभागिता जनाउनुभएको थियो । उहाँले लाहौर कलन्दर्सको प्रतिनिधित्व गर्दै उक्त संस्करणमा सात म्याच खेल्नुभएको थियो । सुपर लिगको बाँकीको सबै खेलमा लामिछाने सहभागी हुनुहुनेछ । पीएसएल खेल्न लाहौर प्रस्थान गरेपछि उहाँ काठमाडौंमा आगामी साताबाट सुरु हुने मेयर कप क्रिकेट प्रतियोगितामा अनुपस्थित रहनुहुनेछ ।
लामिछानेले अफगानिस्तानका स्पीनर राशिद खानलाई बिस्थापित गर्नुहुनेछ । राशिद खानलाई अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुन अफगानिस्तान टोलिले फित्र्ता बोलाएपछि उहाँको स्थानमा लाहौर कलन्दर्सले लामिछानेलाई बोलाएको हो । कोभिड १९ को महामारीले गर्दा स्थगित हुन पुगेको पीएसएल क्रिकेट प्रतियोगिताको सन् २०२० को संस्करणमा समेत लामिछाने ‘ड्राफ्ट’मा पर्नुभएको थियो ।
लाहौर कलन्दर्सले प्रतियोगितामा सम्पन्न आफ्नो दुबै खेल जितेको छ ।