logo
२०८१ मंसिर १० सोमवार



लिभरपुलका कप्तान हेण्डरसन दुई महिनाका लागि मैदान बाहिर

खेलकुद |


लिभरपुलका कप्तान हेण्डरसन दुई महिनाका लागि मैदान बाहिर
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १५ गते । लिभरपुलका कप्तान जोर्डन हेण्डरसन दुई महिनाका लागि मैदानबाट बाहिरिनुभएको छ । तिघ्रामा आएको चोटको कारण उहाँ करिब दश साताका लागि मैदान बाहिर रहनुहुनेछ ।
एभर्टन विरुद्धको खेलमा लिभरपुलका कप्तान एवम् मीडफिल्डर ३० वर्षीय हेण्डरसन घाइते हुनुभएको थियो । घाइते भएर आराम गरिरहेका भर्जिल भान डाइक, जोइल मटिप, जोइ गोमेज र फाबिन्होसँगै मैदानबाट बाहिरिने खेलाडीमा अब हेण्डरसन थपिएका छन् ।
हेण्डरसनले शल्यक्रिया गराउनुपर्ने भएको छ । र उहाँले इंग्ल्याण्डको विश्वकप छनोटको तीन खेलमा समेत अनुपस्थित हुनुपर्नेछ । यद्दपी उहाँ जारी सिजनमै फर्किनुहुने अपेक्षा गरिएको छ । तीनजना सेन्टर ब्याकको अनुपस्थितिमा मिडफिल्डर हेण्डरसनलाई पछिल्लोपटक रक्षात्मक पद्धतिको जिम्मेवारी दिइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?