गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १६ गते । बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । गए राति सम्पन्न खेलमा उसले सेभियामाथि जित हात पार्दै अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको हो ।
स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एटलेटिको मड्रिडले २३ खेलबाट ५५ अङ्क बटुलेको छ । बार्सिलोनाले भने एटलेटिकोभन्दा दुई खेल बढी खेल्दा ५३ अङ्क जोडेको छ । तेस्रो स्थानको रियल मड्रिडले २४ खेलबाट ५२ अङ्क जोडेको हो ।
बार्सिलोनाले सेभियामाथि २–० को जित हात पार्दा दुबै गोलमा लियोनल मेस्सीको भूमिका महत्वपूर्ण रह्यो । पहिलो हाफको २९ औं मिनेटमा मेस्सीले दिनुभएको पासलाई ओसमाने डिम्बालाले गोलको दिशा दिदै १–० को अग्रता दिलाउनुभयो । ८५ औं मिनेटमा मेस्सीले स्वयं गोल गर्दा बार्सिलोनाले २–० को जित सुनिश्चित गर्यो ।