गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १६ गते । अलराउण्डर एञ्जेलो म्याथ्युज वेष्टइन्डिज विरुद्धको टी ट्वान्टी श्रृखंलाका लागि कार्यवाहक कप्तान नियुक्त हुनुभएको छ । एञ्जेलो म्याथ्युजले श्रीलङ्काको ३४ टेष्ट, १०६ अन्तर्राष्ट्रिय एकदिबसीय र १३ टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेतृत्व गर्नुभएको छ ।
अमेरिकाको ट्राञ्जिट भिसा समयमै उपलब्ध हुन नसकेपछि नियमित कप्तान दसुन सनाका वेष्टइन्डिज पुग्न ढिला हुने भएपछि म्याथ्युज कार्यवाहक कप्तान नियुक्त हुनुभएको हो । दसुन सनाका भने टी ट्वान्टी श्रृखंला सकिएपछि मात्रै टोलिमा आबद्ध हुनुहुने बताइएको छ । टी ट्वान्टी मार्च ९ देखि श्रीलङ्काले एकदिबसीय श्रृखंला खेल्नेछ ।
सनाकासँग पाँच वर्षका लागि अमेरिकाको ट्राञ्जिट भिसा लिनुभएको थियो । तर दुईवर्ष अघि राहदानी हराएको हुनाले उहाँले अर्को ब्यवस्था नहुञ्जेलसम्म वेष्टइन्डिज भ्रमण समयमै गर्न नहुने भएको छ । दसुन सनाका पहिलो पटक कप्तानको भूमिकामा वेष्टइन्डिजको भ्रमण गर्ने हुनुहुन्थ्यो ।
यसअघि नै टोलिका नियमित सदस्य लहिरु कुमारा कोभिड १९ बाट सङ्क्रमित भएपछि उहाँ समेत भ्रमण टोलिमा सहभागी नहुँदा नियमित कप्तानको अनुपस्थितिले श्रीलङ्का टोलिमा चिन्ता थपिएको छ । श्रीलङ्का र वेष्टइन्डिजबीचको तीन म्याचको टी ट्वान्टी श्रृखंलाको पहिलो खेल मार्च ३ मा हुनेछ ।