गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १७ गते । लिभरपुलले शेफिल्ड यूनाइटेडलाई हराएको छ । प्रिमियर लिग अन्तर्गत गए राति सम्पन्न खेलमा लिभरपुलले शेफिल्डलाई २–० को अन्तरले हराएको छ ।
पहिलो हाफमा गोल गर्ने उत्कृष्ट अवसर पाएको लिभरपुललाई अग्रता लिनबाट शेफिल्डका गोलरक्षक आरोन रामसेले विफल तुल्याउनुभयो । तर २० वर्षीय कर्टिस जोन्सले दोस्रो हाफको सुरुमै गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाउनुभयो । उहाँले ४८ औं मिनेटमा गोल गर्नुभयो । शेफिल्डका किन ब्रायनले आफ्नो पोष्टमा गोल गरेपछि लिभरपुलले अग्रता दोब्बर पार्यो ।
लिभरपुलले इंग्लीश प्रिमियर लिगमा सात हजारौं गोल समेत पूरा गर्यो । लिभरपुलले उक्त कीर्तिमान पूरा गर्ने दोस्रो टोली मात्रै हो । यसअघि एभर्टनले मात्रै सात हजार १०८ गोल गरेको छ ।