logo
२०८१ मंसिर १० सोमवार



टम मुडी श्रीलङ्का क्रिकेटका निर्देशक नियुक्त

खेलकुद |


टम मुडी श्रीलङ्का क्रिकेटका निर्देशक नियुक्त
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १७ गते । टम मुडी श्रीलङ्का क्रिकेटको निर्देशक नियुक्त हुनुभएको छ । श्रीलङ्का क्रिकेटले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट सम्बन्धमा नियमन तथा दिशा निर्देश गर्न नयाँ पद सृजना गर्दा टम मुडी पहिलो निर्देशकको रुपमा नियुक्त हुनुभएको हो ।
अरविन्दा डी सिल्भा नेतृत्वको ‘टेक्निकल एड्भाइजरी कमिटि’ले गरेको सिफारिशको आधारमा उक्त जिम्मेवारी टम मुडीलाई दिइएको हो । भविष्यमा हुने श्रीलङ्काली क्रिकेट टोलिको विदेश भ्रमण र घरेलु खेलकुद स्वरुप सम्बन्धमा तीन वर्षे अनुबन्धनको क्रममा टम मुडी कम्तिमा तीन सय दिन श्रीलङ्कामै बसेर टोलिको विश्लेषण र स्तर उकास्न योगदान दिनुहुनेछ ।
टम मुडी यसअघि सन् २००५ देखि २००७ सम्म श्रीलङ्काली क्रिकेट टोलिको प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएको छ । त्यसताका श्रीलङ्का विश्वकप क्रिकेटको उपविजेता हुनुका साथै टेष्ट वरियतामा राम्रो सुधार पाएको थियो ।
श्रीलङ्काली क्रिकेट बोर्डका कार्यकारी प्रमुख आश्ले डी सिल्भाले टमको श्रीलङ्कासँगको बिगत्को आबद्धताले समेत परिणाम देखाएकोले आगामी दिनमा समेत टोलिले राम्रो गर्ने अपेक्षा गरेको प्रतिक्रिया दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?