गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । पाकिस्तान सुपर लिग(पीएसएल) छोडेर जिम्बाबवे विरुद्धको टेष्ट श्रृखंला खेल्न घर फर्किनुभएका अफगानिस्तानका लेग स्पिनर राशिद खान पहिलो टेष्टबाट बाहिरिनुभएको छ । औंलामा आएको चोटका कारण उहाँले जिम्बाबवे विरुद्धको पहिलो टेष्ट खेलमा अनुपस्थित हुनुपर्नेछ ।
अफगानिस्तान र जिम्बाबवेबीचको टेष्ट श्रृखंलाको पहिलो टेष्ट मङ्गलबारबाट सुरु हुँदैछ । गत् फेब्रुअरी २२ मा क्वेटा ग्लैडिएटर्स विरुद्धको खेलमा लाहौर कलन्दर्सबाट खेल्नुभएका खानको औंलामा चोट लागेको थियो । क्रिस गेलले गर्नुभएको प्रहारलाई रोक्न खोज्दा उहाँको औंलामा चोट लागेको हो । राशिदको स्थानमा देब्रे हातका स्पिनर जाहिर खानले बिस्थापित गर्नुहुने बुझिएको छ ।