logo
२०८१ मंसिर १० सोमवार



न्युजिल्याण्डमाथि अष्ट्रेलियाको दोस्रो जित

खेलकुद |


न्युजिल्याण्डमाथि अष्ट्रेलियाको दोस्रो जित
तस्विर–एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २१ गते । अष्ट्रेलियाले न्युजिल्याण्ड विरुद्धको चौथो टी ट्वान्टी खेलमा ५० रनको जित हात पारेको छ । चौथो टी ट्वान्टीमा अष्ट्रेलियाको जितसँगै पाँच म्याचको टी ट्वान्टी श्रृखंला २–२ को बराबरीको स्थितिमा आएको हो ।
वेलिंग्टनमा अष्ट्रेलियाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउँदै घरेलु टोली न्युजिल्याण्डले १८ ओभर पाँच बलमा मात्र १०६ रनमा समेटिएको छ । न्युजिल्याण्डका लागि कायल जमीन्सनले सर्वाधिक ३० रनको योगदान दिनुभयो । २१ रनमा पहिलो विकेट गुमाएको न्युजिल्याण्डले ६४ रनसम्म पुग्दा सात विकेट गुमाउन पुग्यो । उसको पारीका सात जना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन ।
न्युजिल्याण्डलाई १०६ रनको सामान्य योगफलमा समेटन केन रिचर्डसनले सर्वाधिक तीन तथा आष्टन एगर, एडम जाम्पा र ग्लैन म्याक्सवैलले सामान दुई दुई विकेट लिनुभयो ।
त्यसअघि, वेलिंग्टनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले कप्तान आरोन फिञ्चको अविजित ७९ रनको योगदानले २० ओभरमा छ विकेटको क्षतिमा १५६ रनको योगफल तयार गर्न सफल भयो । मार्कस स्टोइनिसले १९ तथा ग्लैन म्याक्सवैलले १८ रनको योगदान दिनुभयो ।
न्युजिल्याण्डका लागि इश सोढीले सर्वाधिक तीन तथा ट्रेन्ट बौल्टले दुई र मिसेल शान्टनरले एक विकेट लिनुभयो । अष्ट्रेलियाका कप्तान फिञ्च प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?