logo
२०८१ मंसिर १० सोमवार



श्रीलङ्काले वेष्टइन्डिजलाई ४३ रनले हरायो

खेलकुद |


श्रीलङ्काले वेष्टइन्डिजलाई ४३ रनले हरायो
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । श्रीलङ्काले दोस्रो टी ट्वान्टी खेलमा वेष्टइन्डिजलाई ४३ रनले हराएको छ । श्रीलङ्काले दोस्रो टी ट्वान्टी जितेसँगै तीन म्याचको श्रृखंला १–१ को बराबरीमा आइपुगेको छ ।
श्रीलङ्काले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिज १८ ओभर चार बलमा मात्र ११७ रनमा समेटिन पुग्यो । वेष्टइन्डिजका लागि ओबेड म्याकैले बनाउनुभएको २३ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल हुन गयो । श्रीलङ्काली स्पिनरद्वय वनिन्डु हसरंगा डी सिल्भा र लक्षण सन्दाकनले तीन तीन विकेट लिएपछि वेष्टइन्डिजको टोलि सामान्य योगफलमा समेटिन गयो । दुशमन्था चामीराले दुई र अकिला धनञ्जयले एक विकेट लिनुभयो ।
त्यसअघि, कुलिजमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको पाहुना टोलि श्रीलङ्काले २० ओभरमा छ विकेटको क्षतिमा १६० रनको औसत योगफल तयार गर्यो । श्रीलङ्काका लागि ओपनरद्वय दनुष्का गुणातिलके र पथुम निसान्काले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गर्नुभयो । दनुष्का ५६ रन बनाएर पेभेलियन फर्किनुभयो । पथुमले ३७ रनको योगदान दिनुभयो ।
वेष्टइन्डिजका लागि ड्वायन ब्राभोले दुई तथा जैसन होल्डर र ओबेड म्याकैले सामान एक एक विकेट लिनुभयो । हसरङ्गा डी सिल्भा प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?