logo
२०८१ मंसिर १० सोमवार



एकै ओभरमा चार विकेट !

खेलकुद |


एकै ओभरमा चार विकेट !
तस्विर–विकेट नेपाल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । काठमाडौंमा जारी मेयर कप क्रिकेटमा अविनाश बोहराको एकै ओभरमा त्रिभुवन आर्मीले चार विकेट गुमाएको छ । ४९ ओभरमा छ विकेटको क्षतिमा २३१ रन जोडेको आर्मीले एकै ओभरमा चार विकेट गुमाउँदा २३५ रनमा अलआउट हुन पुग्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा मेयर कप क्रिकेट प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा आर्मीले एपीएफको सामना गर्दैछ । एपीएफका अविनाश बोहराले पारीको पचासौं ओभरको पहिलो बलमा राजेश पुलामीलाई विकेटकीपर सुभाष खकुरेलबाट रन आउट गर्न लगाउनुभयो । दोस्रो बलमा करण केसी बोल्ड हुन पुग्नुभयो । तेस्रो बलमा सुशन भारीले बसन्त रेग्मीको हातमा क्याच थमाउँदा डकआउट हुन पुग्नुभयो । ओभरको पाँचौं बलमा सोबले चौका प्रहार गर्नुभयो । तर अर्को बलमा बिक्रम सोब विकेट पछाडि खकुरेललाई क्याच थमाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?