logo
२०८१ मंसिर १० सोमवार



बार्सिलोनाले शीर्षस्थानको एटलेटिकोसँग अङ्क दूरी कम गर्यो

खेलकुद |


बार्सिलोनाले शीर्षस्थानको एटलेटिकोसँग अङ्क दूरी कम गर्यो
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । बार्सिलोनाले स्पेनिश ला लिगामा एटलेटिको मड्रिडसँगको अङ्क दूरी कम गरेको छ । एटलेटिकोले २४ खेलबाट ५८ अङ्क जोडेको छ । बार्सिलोनाले भने २६ खेलबाट ५६ अङ्क बटुलेको छ । तेस्रो स्थानको रियल मड्रिडको ५३ अङ्क छ । उसले २५ खेल खेलेको छ ।
गए राति सम्पन्न ला लिगाको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराउँदा शीर्ष स्थानको एटलेटिको मड्रिडसँगको अङ्क दूरी कम गरेको छ । दुबै गोलमा मेस्सीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । खेलको ३० औं मिनेटमा गोल ‘सेट अप’लाई जोर्डी अल्बाले गोलको दिशा दिनुभयो । हाफटाइम अघि ओसासुनाका किके बर्जा र रुबेन गार्सियाको प्रहारलाई मार्क आन्द्रे टेट स्टिजनले विफल तुल्याउनुभयो ।
१८ वर्षीय इलैक्स मोरिबाले ८३ औं मिनेटमा गोल गर्दा बार्सिलोनाले ओसासुनामाथि २–० को जित हात पार्न सफल भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?