logo
२०८१ मंसिर १० सोमवार



पाँचौं टी ट्वान्टीमा जितसँगै न्युजिल्याण्डले श्रृखंला उचाल्यो

खेलकुद |


पाँचौं टी ट्वान्टीमा जितसँगै न्युजिल्याण्डले श्रृखंला उचाल्यो
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको पाँच खेलको टी ट्वान्टी श्रृखंला ३–२ ले जितेको छ । पाँचौं तथा अन्तिम टी ट्वान्टीमा जितसँगै न्युजिल्याण्डले श्रृखंला आफ्नो पक्षमा पारेको हो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको १४३ रनको लक्ष्य न्युजिल्याण्डले खेल सकिन २७ बल बाँकी छँदै तीन विकेटको क्षतिमा १४३ रन बनाएर पुरा गर्यो । न्युजिल्याण्डका लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ७१ रनका योगदान दिनुभयो । अर्का ओपनर डेभोन कोनवेले ३६ तथा ग्लैन फिलिप्सले अविजित रहँदै ३४ रनको योगदान दिनुभयो ।
अष्ट्रेलियाका लागि रिली मेरेथले दुई तथा झये रिचर्डसनले एक विकेट लनुभयो ।
यसअघि, वेलिंग्टनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले आठ रनमै जोस फिलिपको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गर्यो । अर्का ओपनर आरोन फिञ्चले म्याथ्यु वाडेसँग दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै पारी उकास्नुभयो । विकेटकीपर ब्याट्सम्यान म्याथ्यु वाडेले ४४ र फिञ्चले ३६ रन बनाउनुभयो । अष्ट्रेलियाले २० ओभरमा आठ विकेटको क्षतिमा १४२ रनको योगफल तयार गर्यो ।
न्युजिल्याण्डका लागि इश सोढीले सर्वाधिक तीन तथा टिम साउदी र ट्रेन्ट बौल्टले दुई दुई र मार्क च्यापमनले एक विकेट लिनुभयो ।
मार्टिन गुप्टिल प्लेयर अफ द् म्याच र इश सोढीले प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?