logo
२०८१ मंसिर १० सोमवार



लपोर्टा दोस्रो पटक बार्सिलोनाका अध्यक्ष निर्वाचित

खेलकुद |


लपोर्टा दोस्रो पटक बार्सिलोनाका अध्यक्ष निर्वाचित
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २४ गते । जुआन लपोर्टा दोस्रो पटक फुटबल क्लब बार्सिलोनाको प्रमुख निर्वाचित हुनुभएको छ । लियोनल मेस्सीलाई बार्सिलोनामै राख्नुपर्ने अडानमा रहेका लपोर्टाले प्रमुखका लागि भएको निर्वाचनमा ५४ प्रतिशत मत पाउनुभएको हो ।
सन् २००३ देखि २०१० सम्म प्रमुखको कार्यभार सम्हाल्दा पेप गार्डिओलालाई बार्सिलोनाको प्रमुख प्रशिक्षकको रुपमा नीरिक्षण गर्नुभएका लपोर्टाले गत् अक्टोबर महिनामा राजिनामा गर्नुभएका जोसेप मारिया बाटोमेऊलाई बिस्थापित गर्नुभएको हो । प्रमुख पदका लागि भएको मतदानमा भिक्टर फन्टले ३० प्रतिशत मत पाउनुभयो । टोनी फ्रेक्जा तेस्रो हुनुभयो ।
बार्सिलोनाले एक लाख नौ हजार ५३१ जना सदस्यमध्ये ५५ हजार छ सय ११ जनाले मतदान गरेका थिए । क्याटोलोनियामा कोरोनाभाइरसको महामारीले गत् जनवरी महिनादेखि रोकिएको मतदान आइतबार सम्पन्न भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?