गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २४ गते । वेष्टइन्डिजले श्रीलङ्का विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक टी ट्वान्टीमा तीन विकेटको जितसँगै वेष्टइन्डिजले श्रृखंला हात पारेको हो ।
श्रीलङ्काले प्रस्तुत गरेको १३२ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिजले खेल सकिन एक ओभर बाँकी छँदै सात विकेटको क्षतिमा १३४ रन बनाएर पुरा गर्यो । तीन ओभरमा २७ रन ल्याउन आवश्यक छँदा वेष्टइन्डिजका लागि फाबियन एलेनले मात्र छ बलमा अविजित रहँदै २१ रनको योगदान दिएर एक ओभर अगाबै जित दिलाउनुभयो । । लेण्डी सिमोन्सले २६ तथा निकोलास पूरनले २३ र एभिन लेविसले २१ रनको योगदान दिनुभयो । क्रिस गेलले २० बलमा १३ रन बनाउनुभयो ।
श्रीलङ्काका लागि लक्षण सन्दाकनले सर्वाधिक तीन तथा दुश्मन्थ चमीरा र हषरङ्गा डी सिल्भाले सामान दुई दुई विकेट लिनुभयो ।
त्यसअघि, कुलिजमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको श्रीलङ्काले पुरा २० ओभर खेलेपनि चार विकेटको क्षतिमा मात्र १३१ रन बनायो । दिनेश चण्डीमलले अविजित ५४ रनको योगदान दिदा अशेष बन्दाराले अविजित ४४ रनको योगदान दिनुभयो ।
वेष्टइन्डिजका लागि फाबियन एलेन, केभिन सिन्क्लैर, जैसन होल्डर र ओबेड म्याकैले सामान एक एक विकेट लिनुभयो । फाबियन एलेन प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।