logo
२०८१ मंसिर १० सोमवार



जर्मनीका प्रशिक्षक जोखिम लोले राजिनामा गर्ने

खेलकुद |


जर्मनीका प्रशिक्षक जोखिम लोले राजिनामा गर्ने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २५ गते । यसै वर्ष आयोजना हुने यूरोपीयन च्याम्पियनशीपपछि जर्मनी फुटबल टोलिका प्रशिक्षक जोखिम लोले राजिनामा दिने बताउनुभएको छ । ६१ वर्षीय जोखिमले सन् २००६ मा जर्गन क्लिन्समनलाई प्रशिक्षक पदबाट बिस्थापित गर्नुभएको थियो ।
उहाँले जर्मन फुटबल फेडेरेशनसँग सन् २०२२ को फिफा विश्वकप फुटबल प्रतियोगितासम्मका लागि अनुबन्धन सम्झौता गर्नुभएको छ । यद्दपी जोखिमले आफूलाई म्यादभन्दा अघि नै मुक्त गर्न आग्रह गर्नुभएको छ । उहाँकै प्रशिक्षणमा जर्मनी फुटबल टोलिले सन् २०१४ को विश्वकप फुटबलको उपाधि जितेको थियो ।
विश्वकपको उपाधि जिते लगत्तै सन् २०१६ मा जर्मन टोलि यूरो २०१६ को सेमीफाइनलमा आयोजक फ्रान्ससँग हार्न पुग्यो । सन् २०१८ को विश्वकपमा जर्मन फुटबल टोलि लिग चरणबाटै बाहिरिएपछि जोखिम दबाबमा आउनुभएको थियो ।
यूरोपीयन च्याम्पियनशीपमा जर्मनी फ्रान्स, हंगेरी र पोर्चुगलसँगै समूह एफमा रहेको छ । च्याम्पियनशीप प्रतियोगिता ११ जुनमा सुरु भई ११ जुलाईसम्म चल्नेछ । जर्मनीले प्रतियोगिताको पहिलो खेलमा म्युनिखमा फ्रान्स विरुद्ध खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?