logo
२०८१ मंसिर १० सोमवार



युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरियो

खेलकुद |


युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरियो
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २६ गते । युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ । च्याम्पियन्स लिगको राउन्ड अफ १६ को दोस्रो लेगमा युभेन्ट्सले एफसी पोर्टोलाई ३–२ ले हराएपनि क्वार्टरफाइनलमा प्रवेश सुनिश्चित गर्न सकेनन । पहिलो लेगमा एफसी पोर्टोले युभेन्ट्सलाई २–१ ले हराएको थियो । समग्रमा खेल ४–४ मा सम्पन्न भएपनि पोर्टोले घर बाहिरको खेलमा बढी गोल गरेकोले ऊ क्वार्टरफाइनलको लागि स्थान सुनिश्चित गरेको हो ।
४९ औं ओभरमा चिसाले गोल गर्दै युभेन्ट्सलाई खेलमा पुनरागमन गराउनुभयो । त्यसअघि सर्जिओ ओलिभेराले १९ औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै पोर्टोलाई १–० को अग्रता दिलाउनुभयो । ६३ औं मिनेटमा सिसाले गोल थप्दा युभेन्ट्सले २–१ को अग्रता लियो ।
सर्जिओ ओलिभेराले दोस्रो हाफको अतिरिक्त समयमा लामो दूरीबाट गर्नुभएको फ्री किक प्रहार क्रिष्टियानो रोनाल्डोलाई छिचोल्दै गोलमा परिणत भएपछि एफसी पोर्टोले खेल २–२ को बराबरीमा ल्याएको थियो । अतिरिक्त समयमै युभेन्ट्सका राबियोटले गोल थप्दै खेल ३–२ को स्थितिमा ल्याएपनि युभेन्ट्सलाई लिगको क्वार्टरफाइनलमा पुर्याउन पर्याप्त भएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?