गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २६ गते । मेयर कप क्रिकेटमा नेपाल पुलिस क्लबले काठमाडौं मेयर ११ समक्ष १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पुलिसले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९७ रनमा समेटिन पुग्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको पुलिसले राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ५६ रन जोड्यो । ओपनर सुनिल धमलाले २२ र कुशल भुर्तेलले ३४ रनको योगदान दिनुभयो । दुबैजना ओपनरलाई अफ स्पिनर हरिशंकर साहले विकेट पछाडि खड्ग बोहराद्वारा समात्न लगाइ खेलमा मेयर ११ को वापसी गराउनुभएको थियो ।
अनिल साह छ रनमै पेभेलियन फर्किदा दिपेन्द्र सिंह ऐरीले २४ रन बनाउनुभयो । मध्यक्रममा योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४० रनको योगदान गरेर पेभेलियन फर्किनुअघि पुलिसले छ विकेटको क्षतिमा १५७ रन जोडेको थियो । अन्त्यमा पवन सर्राफले संयमित पारी खेलेर पुलिसको योगफल दुई सय कटाउन प्रयास गरेपनि २८ रनको ब्यक्तिगत् योगफलमा सन्दीप लामिछानेद्वारा बोल्ड हुनुभयो । पुलिसका पूछारका ब्याट्सम्यानले खेलको उत्तराद्र्धमा संयमित पारी खेल्न नसक्दा अन्तिम पाँच ओभरमा चार विकेट गुमाएर मात्र २९ रन जोडयो ।
मेयर ११ का लागि बिपीन खत्री, हरिशंकर साह र सन्दीप लामिछानेले सामान तीन तीन विकेट लिनुभयो ।