logo
२०८१ मंसिर १० सोमवार



विश्व टेष्ट च्याम्पियनशीपको फाइनल साउथम्पटनमा खेलाइने

खेलकुद |


विश्व टेष्ट च्याम्पियनशीपको फाइनल साउथम्पटनमा खेलाइने
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २६ गते । भारत र न्युजिल्याण्डबीचको विश्व टेष्ट च्याम्पियनशीपको फाइनल खेल एजिएस बौल साउथम्पटनमा खेलाइने तय भएको छ । टेष्ट च्याम्पियनको उपाधिको खेल जुन १८ देखि २२ सम्म खेलाइनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को बोर्डले इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डसँगको समन्वयमा उक्त निर्णय लिएको हो । आईसीसीले एक वक्तब्य जारी गरी भनेको छ, “साउथम्पटनमा विश्व स्तरीय खेल्ने सुबिधासँगै प्रशिक्षणको समेत ब्यवस्था हुने हुँदा दुबै टोलिले उपयुक्त वातावरण पाउने विश्वास गरिएको छ ।” फाइनलमा कोभिड १९ को सङ्क्रमणको स्थिति मूल्याङ्कन गरी सीमित संख्यामा दर्शकको उपस्थितको सम्भाबना रहेको आईसीसीले उल्लेख गरेको छ ।
टेष्ट तालिका तयार हुँदा विश्वकै सबैभन्दा बढी दर्शक अटाउन सक्ने लर्ड्स क्रिकेट ग्राउन्डमा च्याम्पियनशीपको फाइनल हुने अपेक्षा गरिएको थियो । लर्ड्सले यसअघि पनि थुप्रै विश्वकप क्रिकेटको फाइनलको आयोजना गरिसकेको छ । तर साउथम्पटन क्रिकेट ग्राउन्डसँगै उच्च स्तरीय आबासीय सुबिधा समेत रहेकोले कोभिडको बेला खेलाडीलाई बस्न र प्रशिक्षणमा सघाउन पुग्ने हुँदा उक्त भेन्यु नै रोजिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?