logo
२०८१ मंसिर १० सोमवार



काठमाडौं मेयर ११ द्वारा एपीएफ समक्ष १७८ रनको लक्ष्य प्रस्तुत

खेलकुद |


काठमाडौं मेयर ११ द्वारा एपीएफ समक्ष १७८ रनको लक्ष्य प्रस्तुत
तस्विर-फाइल


काठमाडौं, फागुन २७ गते । काठमाडौं मेयर ११ ले सशस्त्र प्रहरी बल(एपीएफ) समक्ष १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौं मेयर ११ ले एपीएफ विरुद्ध ४८ ओभर पाँच बल खेल्दै १७७ रन बनाएको हो । फाइनलमा सहज पूर्बक स्थान सुनिश्चित गर्न एपीएफले मेयर ११ विरुद्धको खेल जित्नैपर्ने हुन्छ ।
मूलपानी क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको मेयर ११ ले ४४ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तेस्रो विकेटका लागि सन्दीप रजालीले हरिशंकर साहसँग ६५ रनको साझेदारी गर्दै पारी उकास्नुभयो । रजाली ४८ रन बनाएर पेभेलियन फर्किनुभयो । लगत्तै साह पनि ३६ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किनुभयो । पूछारमा बिक्रम भूषालले २० तथा कप्तान सन्दीप लामिछानेले ११ रनको योगदान दिनुभयो ।
एपीएफका लागि अविनाश बोहरा र कमल ऐरीले सामान तीन तीन तथा बसन्त रेग्मी, शरद भेषावकार र भुवन कार्कीले सामान एक एक विकेट लिनुभयो । ओपनर खडक बोहरा भने १३ रनको ब्यक्तिगत् योगफलमा रेग्मीद्वारा रन आउट हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?