गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २७ गते । लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा आरबी लेप्जिगमाथि २–० को जित हात पार्दै क्वार्टरफाइनलको यात्रा तय गर्न सफल भएको हो ।
लिभरपुलको जितमा मोहम्मद सलह र साडिओ मानेले एक एक गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । दोस्रो हाफमा पाँच मिनेटको अन्तरालमा दुई गोल गर्दा लेप्जिग २–० ले पछाडि पर्न गयो । ७० औं मिनेटमा मोहम्मद सलहले पहिलो गोल गर्दै पहिलो लेगमा लेप्जिगको पाएको अग्रतालाई बराबरीमा ल्याउनुभयो । चार मिनेटपछि साडिओ मानेले थप्नुभएको गोल लिभरपुललाई क्वार्टरफाइनलको यात्रा तय गराउन पर्याप्त भयो । मानेले डिभोक ओरिजीको पासलाई उत्कृष्ट ‘फिनिश’ दिनुभयो ।
च्याम्पियन्स लिगको अन्तिम आठको खेल तालिका शुक्रबार सार्वजनिक गरिनेछ ।