logo
२०८१ मंसिर १० सोमवार



कोनवे, योङ्ग र मिसेल न्युजिल्याण्ड टोलिमा पहिलो पटक बोलाइए

खेलकुद |


कोनवे, योङ्ग र मिसेल न्युजिल्याण्ड टोलिमा पहिलो पटक बोलाइए
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २७ गते । डेभोन कोनवे, विल योङ्ग र डारेल मिसेल पहिलो पटक न्युजिल्याण्डको अन्तर्राष्ट्रिय एकदिबसीय टोलिमा बोलाइएका छन् । न्युजिल्याण्ड टोलि ब्यवस्थापनले बङ्गलादेश विरुद्धको एकदिबसीय श्रृखंलाका लागि १३ सदस्यीय टोलिको घोषणा गर्दा तीनैजनाले स्थान पाएका छन् ।
नियमित कप्तान केन विलियम्सन कुहिनाको चोटको कारण बङ्गलादेश विरुद्धको श्रृखंलाबाट बाहिरिनुभएको छ । उहाँ बाहिरिएपछि ओपनर ब्याट्सम्यानलाई पूर्ति गर्न देभोन कोनवे वा विल योङ्गमध्ये एकजनाले अबसर पाउनुहुनेछ । कोनवेले टी ट्वान्टीमा उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । विलियम्सनको अनुपस्थितिमा टम लाथमले टोलिको नेतृत्व गर्नुहुनेछ ।
न्युजिल्याण्ड पछिल्लो एक वर्ष यता कुनै पनि अन्तर्राष्ट्रिय एकदिबसीय म्याच खेलेको छैन् । गत् वर्ष मार्च महिनामा बन्द रङशालाभित्र अष्ट्रेलिया विरुद्धको एकदिबसी श्रृखंला कोभिड महामारीको कारण स्थगित भएको थियो । सन् २०१९ को विश्वकप फाइनल यता न्युजिल्याण्डले चार वटा अन्तर्राष्ट्रिय एकदिबसीय मात्र खेल्न सकेको छ ।
टोलिका अन्य सदस्यहरुमा ट्रेन्ट बौल्ट, मार्टिन गुप्टिल, म्याट्ट हेनरी, कायल जमीन्सन, जिम्मी निशम, हेनरी निकोलास, मिसेल शान्टनर, टिम साउदी, रोस टेलर र विल योङ हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?