logo
२०८१ मंसिर १० सोमवार



पीएसएल जुन महिनामा पुनः सुचारु हुने

खेलकुद |


पीएसएल जुन महिनामा पुनः सुचारु हुने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २८ गते । सन् २०२१ संस्करणको पाकिस्तान सुपर लिग(पीएसएल)को बाँकी खेल आगामी जुन महिनामा हुने भएको छ । कोभिड १९ बाट एकपछि अर्को खेलाडी सङ्क्रमित हुन थालेपछि मार्च सुरुमा प्रिमियर लिग स्थगित हुन पुगेको थियो ।
पाकिस्तान क्रिकेट बोर्ड(पीसीबी), पीएसएलका पदाधिकारी तथा फ्रेञ्चाइजहरुसँगको छलफलपछि जुन महिनामा सुचारु गर्ने सहमति भएको हो । पीसीबीले कोरोनाभाइरसको विरुद्धको निर्देशिकालाई समेत परिमार्जन गर्न थालेको छ । सुपर लिगकै क्रममा उच्च सतर्कताका बावजुद खेलाडी सङ्क्रमित भएको सम्बन्धमा अनुसन्धान गर्न दुई सदस्य समिति गठन गरिएको छ ।
प्रतियोगितामा बाँकीको खेल कराँचीमै हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?