logo
२०८१ मंसिर १० सोमवार



इंग्ल्याण्डले भारतलाई आठ विकेटले हरायो

खेलकुद |


इंग्ल्याण्डले भारतलाई आठ विकेटले हरायो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २९ गते । इंग्ल्याण्डले पहिलो टी ट्वान्टी खेलमा भारतलाई आठ विकेटको फराकिलो जित हात पारेको छ । जितसँगै पाहुना टोलि इंग्ल्याण्डले पाँच खेलको टी ट्वान्टी श्रृखंलामा १–० को अग्रता लिएको छ ।
अहमदाबादमा सम्पन्न पहिलो टी ट्वान्टीमा भारतले प्रस्तुत गरेको १२५ रनको लक्ष्य इंग्ल्याण्डले २७ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा १३० रन बनाएर पुरा गर्यो । इंग्ल्याण्डका लागि ओपनर जैसन रोयले सर्वाधिक ४९ रनको योगदान दिनुभयो । अर्का ओपनर जोस बटलरले २८ रन बनाउँदा देविड मलानले २४ तथा जोनी बैरिष्टोले २६ रन बनाएर अविजित रहनुभयो ।
भारतका लागि वाशिंगटन सुन्दर र युज्वेन्द्र चाहलले एक एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको घरेलु टोलिले तीन रनमा शिखर धवन र के एल राहुलको रुपमा दुई विकेट गुमाएर कमजोर सुरुवात गर्यो । कप्तान विराट कोहली डक आउट हुनुभयो । ऋषभ पन्तले २१ रनको योगदान दिनुभयो । तर श्रेयास ऐयरको ६७ रनको उत्कृष्ट पारीको सहयोगमा भारत ११७ रनसम्म पुगेको थियो । वाशिंगटन सुन्दर ३ र अक्षर पटेल सात रनमा अविजित रहँदा भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १२४ रन बनायो ।
इंग्ल्याण्डका लागि तीब्र गतिका बलर जोफ्रा आर्चरले चार ओभरमा मात्र २३ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । आदिल रशिद, मार्क ऊड, क्रिस जोर्डन र बेन्न स्टोक्सले सामान एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?